Logo
३१ भदौ २०८३, बुधबार

प्रधानमन्त्री शाह र जापानी राजदूत तोरुबीच भेटवार्ता

अक्षरपाटी
२०८३ भदौ ३१ , बुधबार ०८:०९ मा प्रकाशित

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्रीसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्रीले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे।

यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा नेपाल-जापान आपसी सम्बन्धका विविध आयामहरुमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको थियो।

जापानी राजदूत प्रधानमन्त्री वालेन्द्र शाह