Logo
१३ असोज २०८३, मंगलबार

राष्ट्रपतिसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार बिदाइ भेट

अक्षरपाटी
२०८३ असोज १३ , मंगलबार ०९:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार राजदूत श्रीवास्तवले मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेका हुन्। भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतीय राजदूत श्रीवास्तव आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका हुन्।

यसअघि मंगलबार नै उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि बिदाइ भेट गरेका थिए। प्रधानमन्त्री शाहले उनको कार्यकालका क्रममा नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिएका थिए। साथै, पछिल्लो समय रसुवालगायतका विपद्मा भारतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्रीले आभार व्यक्त गरेका थिए।

भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रपति रामचन्द्र पौडेल

ट्रेन्डिङ ( साप्ताहिक )