Logo
१४ असोज २०८३, बुधबार

सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’

अक्षरपाटी
२०८३ असोज १४ , बुधबार १०:०९ मा प्रकाशित

सुनसरी । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ बताइएको छ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालद्वा उद्घाटित मेलाले युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्य राखिएको छ।

उद्घाटनलगतै ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ।

​मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।

आजै दिउँसो तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिने बताइएको छ।

​भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्।

मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहने आयोजकले जनाएको छ।

रोजगार मेला