


मोरङ। भारत सरकारको आर्थिक सहयोगमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित पञ्चायत माध्यमिक विद्यालयको नयाँ भवन उद्निघाटन गरिएको छ।
‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’अन्तर्गत निर्माण गरिएको विद्यालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
विद्यालय भवन निर्माण परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको थियो।
सुन्दरहरैँचा नगरपालिकामार्फत कार्यान्वयन गरिएको परियोजनाले विद्यालयको भौतिक पूर्वाधार विस्तारसँगै विद्यार्थी तथा शिक्षकका लागि सिकाइ वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्रीसहित सहभागी सरोकारवालाले भारत सरकारले नेपालमा प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका थिए।
नयाँ पूर्वाधारले सुन्दरहरैँचाका विद्यार्थी तथा शिक्षकको सिकाइ वातावरणलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
भारत सरकारको सहयोगमा नेपालका सातै प्रदेशका ७४ जिल्लामा विभिन्न क्षेत्रमा ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा रहेको जनाइएको छ।
तीमध्ये मोरङमा मात्रै १७ वटा परियोजना र कोशी प्रदेशमा १०३ वटा परियोजना रहेका छन्।
त्यसैगरी, भारत सरकारले मोरङका लागि २१ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपलब्ध गराएको छ।
कोशी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई भारत सरकारले कुल १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ।
नेपाल र भारतबीचको बहुआयामिक सहकार्यको निरन्तरताका रूपमा यस्ता परियोजनाले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा स्थानीय तहको विकास प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
भारत सरकारको सहयोग

