Logo
२७ कात्तिक २०८३, शुक्रबार

गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित पक्की पुल सञ्चालनमा ल्याइँदै

अक्षरपाटी
२०८३ असोज २७ , मंगलबार ०२:१० मा प्रकाशित

काठमाडाैं। आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित पक्की पुल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाएको छ।

बाढीले पक्की पुलको तीन खण्डमध्ये गोरखातर्फ २२ मिटर आरसीसी भाग बगाए पनि ट्रस संरचना बाँकी नै थियो। त्यसैमा बेलिब्रिज राखेर सञ्चालन गर्न सकिने सम्भावनाबारे प्राविधिक मूल्याङ्कन भएर अहिले बेलिब्रिज जडानका लागि काम थालिएको हो।

दशैँअगाडि नै पुल पुन: सञ्चालनमा ल्याउने गरी सरकारले काम गरिरहेको जनाएको छ।

आरुघाट

ट्रेन्डिङ ( साप्ताहिक )