Logo
२७ असोज २०८३, मंगलबार

समस्याग्रस्त १२ सहकारीका २३५ बचतकर्ताले पाए रकम

अक्षरपाटी
२०८३ असोज २७ , मंगलबार ०७:१० मा प्रकाशित

समस्याग्रस्त १२ सहकारीका २३५ बचतकर्ताले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारी संस्थाका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गरिरहेको जनाएको छ।

समितिका अनुसार पहिलो चरणमा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो।

अब बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्ताको रकम पनि फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

रकम फिर्ता पाउने २३५ बचतकर्तामध्ये कान्तिपुर सहकारीका सबैभन्दा धेरै ८० जना छन्।

त्यसपछि शिव शिखरका ६२, ओरेन्टलका ३७, लालीगुराँसका १३, नेपाल वित्तीयका १२ र गोरखा सहकारीका ११ जना बचतकर्ता छन्।

बचतकर्ताको रकम फिर्ता समस्याग्रस्त सहकारी

ट्रेन्डिङ ( साप्ताहिक )