Logo
२८ असोज २०८३, बुधबार

गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

अक्षरपाटी
२०८३ असोज २८ , बुधबार ०५:१० मा प्रकाशित

गृहमन्त्री गुरुङले भेटे भारतीय विदेशमन्त्री जयशंक

काठमाडौं। भारतका विदेशमन्त्री एस जयशंकरले नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरेका छन्।

जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाली गृहमन्त्री गुरुङसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले लेखेका छन्,’नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुशी लाग्यो।’

भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

भारतीय विदेश मन्त्रालय र प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी)लाई समेत उल्लेख गर्दै जयशंकरले गृहमन्त्री गुरुङलाई भेटको जानकारी नेपालस्साथित भारतीय दूतावासले सार्वजनिक गरेकाे छ।

नेपालका गृहमन्त्री गुरुङ हाल बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै भारतमा छन्।

क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, साइबर सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका विषय बैठकका प्रमुख एजेन्डा बनाइएको छ।

गृहमन्त्री सुधन गुरुङ भारतीय विदेशमन्त्री एस जयशंकर