Logo
१८ असार २०८३, बिहीबार

तेस्रो अभ्यास खेलमा नेपाल श्रीलंका संग दुई रनले विजयी

अक्षरपाटी
२०८१ साउन १ , मंगलबार ०३:०७ मा प्रकाशित

काठमाडौं । एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीलाई दुई रनले पराजित गरेको छ।

नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकन टोलीले २० ओभरमा ११० रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो।

नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ तथा बिन्दु रावलले ३१ बलमा २० रन बनाईन्।

यसअघि नेपालले पहिलो दुई अभ्यास खेलमा हार व्यहोरेको थियो। पहिलो दुई अभ्यास खेल पनि यही श्रीलंका डेभलपमेन्ट टोलीसँग खेलेको थियो।

१९ जुलाईमा युएईविरुद्ध खेल्दै नेपालले एसिया कप सुरुआत गर्नेछ।