Logo
२२ जेठ २०८२, बुधबार

टि ट्वान्टी सिरिज क्रिकेट : ओमानविरुद्ध नेपालको लगातार दोस्रो जित

अक्षरपाटी
२०८१ असोज १७ , बिहीबार १०:१० मा प्रकाशित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटमा ओमानलाई हराउँदै नेपाल विजयी भएको छ। किङ सिटीमा आज राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो।

कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई दोस्रो पटक हराएको हो। कप्तान पौडेलले अर्धशतक प्रहार गरेका थिए। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भएको हो।

ओमानका लागि जिसान मकसुदले ३ छक्कासहित ३५ र अकिब इलियासले २२ रन, प्रतिक अठावले १२ रनको योगदान गरे। नेपालका कुशल भुर्तेलले ३, रोहित पौडेल, सन्दीप लामिछाने र रिजन ढकालले २-२ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। नेपालका लागि कप्तान पौडेलले दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए।

त्यसैगरी ओपनर अनिल साहले ११, आसिफ शेख १६, देव खनालले १८, कुशल मल्लले ११, गुल्सान झाले २ र दीपेन्द्रसिंह ऐरीले १ रन बनाएर आउट भए।