काठमाडौं । कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन,चाँदी र विदेशी मुद्रासहित तीनजना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार शनिबार राति पक्राउ परेका हुन्।
भारतभारतबाट आएका उनीहरूबाट ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन,१५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा,साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनचाँदी< कैलाली