काठमाडौं । अफगानिस्तानले नेपालविरुद्धको यू-१९ सिरिज जितेको छ ।
मुलपानी मैदानमा आइतबार भएको खेलमा घरेलु टोलीलाई १ रनले हराउँदै अफगानिस्तानले एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारेको हो ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।
१६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १६७ रन बनाएर अलआउट भयो । नेपालका लागि साहिल पटेलले अर्धशतकीय पारी खेले । उनले ११९ बलमा ६ चौका प्रहार गर्दै ६४ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो ।
अफगानिस्तानका लागि कप्तान मेहबुब खानले १ सय १४ बल खेल्दै १ चौका प्रहार गर्दै ५८ रन जोडे ।
नेपालका सन्तोष यादवले १० ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए ।