Logo
१७ असार २०८२, मंगलबार

संरक्षक रेशम चौधरी पक्राउ पछि नाउपा सरकारबाट बाहिरिदै

अक्षरपाटी
२०८२ वैशाख १७ , बुधबार ०३:०४ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ ।

संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताए ।

आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् । तर नियन्त्रणको कारण खुलेको छैन ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार फैसला कार्यान्वयनका लागि लेखी आएकोले उनलाई पक्राउ गरिएको हो ।

एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको छ । दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।

रेशम चौधरी