Logo
२८ असोज २०८२, मंगलबार

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरियो, भोलि मन्त्रीको राजीनामा

अक्षरपाटी
२०८२ असार २१ , शनिबार ०९:०७ मा प्रकाशित

असार । सुदूरपश्चिमबाट भएको खटपटका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघीय सरकारबाट समेत बाहिरिने भएको छ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले बताइन्।

श्रेष्ठले भनिन्, ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं।’

अहिले संघीय सरकारमा सांसद अरुण चौधरी नाउपाबाट संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन्।

उनले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।

नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ