Logo
२९ भदौ २०८२, आईतबार

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

अक्षरपाटी
२०८२ भदौ २९ , आईतबार ०४:०९ मा प्रकाशित

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते नियुक्त गरेका बडालले भदौ २४ गते नै पदत्याग गरेका हुन् ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार बडालको राजीनामाको पत्र आइतबार मात्र राष्ट्रपति कार्यालयमार्फत औपचारिक रूपमा प्राप्त भएको हो ।

पुडासैनीले भने, “उहाँले भदौ २४ गते नै राजीनामा दिनुभएको हो, तर राष्ट्रपति कार्यालयबाट औपचारिक जानकारी आज मात्र आएको हो ।”

बडालको राजीनामापछि अब नयाँ महान्यायाधिवक्ताको नियुक्ति प्रक्रिया अघि बढ्ने देखिएको छ ।

पदबाट राजीनामा महान्यायाधिवक्ता रमेश बडाल