Logo
२४ वैशाख २०८३, बिहीबार

यस्तो छ, समानुपातिकको बन्द सूची

अक्षरपाटी
२०८२ पुस १५ , मंगलबार ०५:१२ मा प्रकाशित

काठमाडौं। निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्।

आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो। सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए।

प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ।

निर्वाचन आयोग