



काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ।
बैठकपछि सरकारका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक गरिने बताए।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित तीन सदस्यीय आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइएको छ। सो प्रतिवेदनबारे भोलि विस्तृत आउने गृहमन्त्री अर्यालले जानकारी दिए।
आयोगले घटनाबारे अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, आन्दोलनमा संलग्न केही व्यक्ति लगायतमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको बुझिएको छ।
सरकारले आयोगको प्रतिवेदन अध्ययतपछि घटनाबारे थप प्रक्रिया अघि बढाइने जनाएको छ।
बैठक मन्त्रिपरिषद



