Logo
१८ वैशाख २०८३, शुक्रबार

होनर मोबाइलको उपहार योजना: शैलेश्वरी मोबाइल र सिमरन ट्रेडर्सलाई भेस्पा उपहार

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार ०९:०४ मा प्रकाशित

धनगढी । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड होनर मोबाइलले आफ्नो दसैँ–तिहार उपहार योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने दुई डिलरहरूलाई भेस्पा स्कुटर प्रदान गरेको छ। 

कैलालीको सुखडस्थित शैलेश्वरी मोबाइल र लम्कीस्थित न्यू सिमरन ट्रेडर्सले उल्लेखनीय व्यापारिक सफलता हासिल गरेबापत सो उपहार प्राप्त गरेका हुन्।

​पुरस्कार वितरणका लागि आयोजित कार्यक्रममा होनर मोबाइलका रिजनल सेल्स म्यानेजर चक्र न्यौपानेले विजेताहरूलाई बधाई दिँदै लम्की र सुखड क्षेत्रमा होनर मोबाइललाई चिनाउन शैलेश्वरी मोबाइल र सिमरन ट्रेडर्सको भूमिका महत्वपूर्ण रहेको बताए।

​कार्यक्रममा शैलेश्वरी मोबाइलकी प्रोप्राइटर कृष्णा शाही, न्यू सिमरन ट्रेडर्सकी प्रोप्राइटर पिन्की पाण्डेय, होनर मोबाइलका एरिया सेल्स म्यानेजर हरिस पन्त र रिजनल डिष्ट्रिब्युटर दिनेश जैसी लगायतको उपस्थिति रहेको थियो। यस योजनाले व्यवसायीहरूमा थप उत्साह जगाएको कम्पनीले जनाएको छ।

होनर

ट्रेन्डिङ ( साप्ताहिक )