Logo
४ वैशाख २०८३, शुक्रबार

कैलाली बहुमुखी क्याम्पसमा महिला आत्मरक्षा तालिम सम्पन्न

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार ०९:०४ मा प्रकाशित

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ। 

स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको आयोजनामा तथा केएमसी वुमन सेलको सह–आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो।

चार दिनसम्म सञ्चालन भएको तालिम चैत १५ गतेदेखि १८ गतेसम्म क्याम्पसको मेगा हलमा आयोजना गरिएको थियो। तालिममा ३०० भन्दा बढी छात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कैलाली बहुमुखी क्याम्पस