Logo
१६ वैशाख २०८३, बुधबार

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

अक्षरपाटी
२०८२ चैत्र २६ , बिहीबार ०५:०४ मा प्रकाशित

काठमाडाैं। सरकारले आज राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ।

नियुक्त भएका सदस्यहरुमा प्रा. डा. सञ्जय आचार्य, अर्जुनजंग थापा, डा. देवेन्द्र गौचन, प्रा. डा. सुदन झा, रेशु अर्याल र डा. पुकार मल्ल छन्।

सदस्य नियुक्त प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् भने थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन्।

डा. गौचन आईआईडीएसका सिनियर फेलो हुन्। प्रा. डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन्

सदस्य नियुक्त भएकी अर्याल शिक्षाविद् हुन् । उनी प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरका मेयर हुँदा सल्लाकारको भूमिकामा थिइन्।

सदस्य डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन्। यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो।

राष्ट्रिय योजना आयोग