



धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा गठन तथा संशोधन (पहिलो संशोधन) विद्येयक सर्वसम्मत पारित भएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकले सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पेश गरेको प्रस्ताव सभाबाट छलफलपछि सर्वसम्मत पारित गरिएको हो ।
विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सम्पन्न भएर आएको प्रतिवेदन हुबहु पारित गरिएको छ ।
यस्तै, मन्त्री सार्कीले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त विद्येयकमाथि सांसदहरूले आ(आफ्ना धारणा राखेका छन् । सभामुख भीमबहादुर भण्डारीले पेश गरेको प्रदेश सभा सदस्यले लगाउने प्रतिक चिन्ह (लोगो) निर्धारण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।




