



काठमाडाैं। आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको हो।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य



