Logo
१९ वैशाख २०८३, शनिबार

ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

अक्षरपाटी
२०८३ वैशाख १९ , शनिबार ०२:०५ मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो ।

भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

साथै, उनले भेटवार्ताबारे जानकारी गराउँदै लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन् ।’

गोर बिहीबार साँझ काठमाडौं आएका थिए । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए । उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

रवि लामिछाने रास्वपा