Logo
४ जेठ २०८३, सोमबार

नेपालद्वारा शीर्ष टोली स्कटल्याण्डमाथि सानदार जित

अक्षरपाटी
२०८३ जेठ ४ , सोमबार ०३:०५ मा प्रकाशित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत शीर्ष स्थानमा रहेको स्कटल्याण्डलाई नेपालले सानदार रूपमा पराजित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

अत्यन्तै रोमाञ्चक बनेको खेलको अन्तिम बलमा नेपाललाई जितका लागि २ रन आवश्यक रहेको अवस्थामा कप्तान रोहित पौडेलले माइकल लिस्कको बलमा छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे ।

यस जितसँगै नेपालले घरेलु मैदानमा शीर्ष टोलीमाथि उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण सफलता हासिल गरेको छ ।

आइसिसी विश्वकप लिग–२

ट्रेन्डिङ ( साप्ताहिक )