



ऐजेन्सी। इजिप्टसँग १-१ को बराबरी खेले पनि उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ।
समूह जी अन्तर्गत शनिबार सिएटल स्टेडियममा भएको खेलको अन्तिम क्षणमा इरानको गोल अफसाइड ठहर भएपछि टोलीले ऐतिहासिक जित गुमायो।
खेलको पाँचौँ मिनेटमै ट्रेजेगेटको पासमा महमुद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाए।
तर १४औँ मिनेटमा इरानले उत्कृष्ट पुनरागमन गर्यो। मेहदी तारेमीको पेनाल्टी इजिप्टका गोलकिपर मोस्तफा शोबेरले बचाए पनि त्यसपछि आएको रिबाउन्डमा रामिन रेजाएयानले शक्तिशाली प्रहार गर्दै खेल १–१ को बराबरीमा ल्याए।
खेलको अन्तिम समयमा इरानले लगातार दबाब सिर्जना गर्यो। शोजा खालिलजादेहले गोल गरे पनि भिएआरको लामो परीक्षणपछि अफसाइड ठहर गरियो।
त्यसलगत्तै इन्जुरी समयको सातौँ मिनेटमा सइद एजातोलाहीको हेडर क्रसबारमा लाग्दा इरान जितबाट वञ्चित भयो।
समूह चरणका तीनै खेल बराबरी खेलेको इरानले पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा भने कायम राखेको छ।
अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने ८ टोलीमध्ये पर्न अन्य समूहका नतिजाको प्रतीक्षा गर्नुपर्नेछ।
खेलअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
न्युजिल्यान्डलाई ५-१ हराउँदै बेल्जियम समूह विजेता बन्यो। इजिप्टले अन्तिम ३२ को खेलमा जुलाई ३ मा डलासमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
फिफा वश्विकप


