Logo
१९ असार २०८२, बिहीबार

चार्ल्स शोभराजलाई स्वदेश पठाइयो, भनेः पेरिसमा क्रिसमस मनाउँछु

अक्षरपाटी
२०७९ पुस ८ , शुक्रबार १०:१२ मा प्रकाशित

काठमाडौं, ८ पुस। सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चार्ल्स शोभराज अर्थात विकिनि किलरलाई डिपोर्ट गरिएको छ।

१० वर्ष नेपाल फर्कन नपाउने गरी उनलाई नेपालबाट उनकै देश फ्रान्स पठाइएको हो। अध्यागमन विभागका अनुसार उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो।

सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई आजै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो।

सर्वोच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट आदेश दिएको थियो। उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो। उनलाई प्रहरीले ०६० सालमा पक्राउ गरेर १९ वर्ष २ महिनाभन्दा बढी जेलमा राखिएको थियो।

नेपालबाट डिपोर्ट हुँदैगर्दा चार्ल्स शोभराजले पेरिस पुगेर क्रिसमस मनाएर रमाइलो गर्ने बताए।

विमानस्थलमा कतार उड्नुअघि अध्यागमनका कर्मचार र प्रहरीसित उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन्।

कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६स्३५ बजे पेरिसमा उत्रने छन् ।

तस्विर: सामाजिक सञ्जालबाट

चार्ल्स शोभराज