Logo
८ पुस २०८१, सोमबार

‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ आयोजना

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं। भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा मंगलबार ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना गरेको छ।

भारत र नेपालका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य अतिथि थिए।

नेपाल र भारतका स्टार्टअपहरु बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गरे। वनले वित्तीय समावेशीकरण र स्टार्टअपमा जाम ट्रिनिटी जस्ता डिजिटल सामग्रीको महत्वबारे पनि चर्चा गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर एवम् कार्यक्रमका मुख्य अतिथि महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९÷०८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने तयारी गरेको बारे बोलेका थिए।

वनले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले “नेपालमा स्टार्टअप अवसरहरु” विषयमा प्रस्तुति दिए। स्टार्टअप इन्डियाका अनुभव कुमार दासले “स्टार्टअप इन्डिया स्किम” विषयमा प्रस्तुति दिए।

सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४२ सय भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पु¥याएको छ।

सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे प्येनियरबाइ का प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिए।