काठमाडौं । सौन्दर्यप्रति सचेत महिला तथा पुरुषले मन पराउँदै आएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले नयाँ वर्ष २०८० को अवसरमा आधा छुटको अफर ल्याएको छ।
आफ्नो सेवा सुबिधामा ५० प्रतिशत छुट दिने याजना रश्मिलाजले ल्याएको हो। अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवा सुबिधाले सम्पन्न भएका कारण सुन्दरताका पारखीहरुको रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले हेयर केराटिन स्ट्रेटमा ५० प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ।
नयाँ वर्षका अवसरमा अन्य सेवाहरुमा समेत स्पेसल अफरको ब्यबस्था गरेको छ। रश्मिलाज फेसियल हाउसले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरी बाट सेवा प्रदान गर्दै आएको छ।
आफ्ना ग्राहकहरुको सेवा सुबिधालाई ध्यानमा राख्दै आधुनिक पद्धतिद्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पूर्ण सेवा प्रदान गर्दै आएको हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले बताइन्।
उनले ग्राहकहरुको विश्वास, माया अनि आफ्नो सेवाप्रति इमान्दार, मेहनती र उच्चस्तरीय गुणस्तर दिनु रश्मिलाज फेसियल हाउसको मुल धर्म र ध्येय भएको बताइन्।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि रोजाइको गन्तव्य बन्दै गएको छ।
यहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा प्रदान गरिन्छ। रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाका साथै तालिम पनि दिँदै आएको छ।
महिला तथा पुरुष ग्राहकका लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिँदै आएको अध्यक्ष श्रेष्ठ बताउँछिन्।
फेसियल हाउसमा फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन।