Logo
७ वैशाख २०८२, आईतबार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः संजीवनी अस्पतालको साथ

अक्षरपाटी
२०८० जेठ २९ , सोमबार १०:०६ मा प्रकाशित

धनगढी २९ जेठ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा रहेको संजीवनी अस्पताल जोडिएको छ।

धनगढीको अस्पताल लाइन र राष्ट बैंक छेउमा सञ्चालनमा रहेको संजीवनी अस्पतालले विधा प्रायोजन गरेर साथ दिएको हो।

संजीवनी अस्पतालले वर्ष खेलाडी पुरुष विधालाई प्रायोजन गरेको हो। यो विधाको नाम अब संजीवनी अस्पताल बर्ष खेलाडी पुरुष रहनेछ।

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा संजीवनी अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे।

सम्झौतापछि प्रतिक्रिया दिँदै अस्पताकाल अध्यक्ष बस्नेतले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए।

उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए।

धनगढीको सेती प्रादेशिक अस्पताल छेउमै सञ्चालनमा रहेको संजीवनी अस्पतालले गत साउनदेखि विशेषज्ञ सेवा दिदैं आएको छ।

१५ वेडको अस्पतालले बिशेषज्ञ सेवाहरु दिन थालेपछि विरामीहरु पनि लाभान्वित भएका छन्।

८ करोडको लगानीमा सुरुवात गरिएको अस्पतालको शैय्यासँगै लगानी बढाएर सेवाहरु विस्तारको काम पनि थालिसकेको छ।

दुई ठाउँमा सञ्चालनमा ल्याईएको संजीवनी अस्पतालले ६ प्रकारका विभिन्न सेवाहरु सहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

आमा र शिशुको अलग्गै विभाग बनाएर स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रविधिमय बनाउँदै लगेको अस्पतालको दावी रहेको छ।

महिला तथा बालरोग बिशेषज्ञ सेवाका लागि आईसियु र एनआईसियु छुट्टा छुट्टै रुपमा अस्पतालमा रहेको छ।
अन्य विशेषज्ञ सेवाहरु दिनका लागि आवश्यक सबै जनशक्तीहरु अस्पतालमा पर्याप्त रहेका छन्। अस्पतालाई ५० वेडको रुपमा सञ्चालन गर्ने तयारी गरिएका छ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ।

मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनीक एण्ड गरिमा डेन्टल, वर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ।