Logo
७ वैशाख २०८२, आईतबार

एनएसएलको मिति तय

अक्षरपाटी
२०८० जेठ ३२ , बिहीबार ११:०६ मा प्रकाशित

-कर्ण बहादुर साउद

काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को मिति घोषणा भएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार एनएसएलको मिति घोषणा गरेको हो ।

नयाँ संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले मिति घोषणा गरेको हो ।  

एन्फाले एनएसएल आयोजना गर्न आयोजकसँग गत पुसमा आठ वर्षको सम्झौता गरेको थियो ।

एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।

यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।

यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ ।