-कर्ण बहादुर साउद
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली राष्ट्रिय भलिबल टोली किर्गिस्तान प्रस्थान गरेका छन् ।
नेपाली टोली शुक्रबार बिहान किर्गिस्तान प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई नेपाल भलिबल संघले बिहीबार नै बिदाइ गरेको थियो ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।