Logo
२१ मंसीर २०८२, आईतबार

फिफाले लगायो इङ्लिस फरवार्ड जेम्सलाई दुई खेलको प्रतिबन्ध

अक्षरपाटी
२०८० साउन २६ , शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं । इङ्लिस फरवार्ड लरेन जेम्सलाई फिफाले दुई खेलका लागि प्रतिबन्ध लगाएको छ ।

फिफा महिला विश्वकप अन्तर्गत अन्तिमा १६ को खेलमा नाइजेरियाकी मिशेल एलोजीमाथि स्ट्याम्पिङ गरेपछि जेम्सलाई रातो कार्ड देखाइएको हो। सोही ब्यवहारका लागि जेम्सलाई फिफाले प्रतिबन्ध लगाएको हो।

रातो कार्ड ब्यहोरेपछि स्वतः एक खेलको प्रतिबन्धमा परेकी जेम्समाथि थप एक खेलको प्रतिन्ध लगाइएको छ। यदी इङ्गल्यान्ड सेमिफाइनल प्रवेश गरेमा जेम्सले त्यो खेल गुमाउने छिन्।

नाइजेरियालाई पेनाल्टी सुटआउटमा हराउँदै इङ्ल्यान्डले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो। इङ्ल्यान्डले क्वार्टरफाइनलमा शनिबार कोलम्बियाको सामना गर्नेछ।

जेम्सले समूह चरणमा तीन गोल गर्नुका साथै तीन गोलका लागि अवसर सिर्जना गरेकी थिइन्।

घटनापछि चेल्सी फरवार्डले सामाजिक सञ्जालमार्फत एलोजीसँग माफी माग्दै आफ्नो गल्तीबाट पाठ सिक्ने वाचा गरेकी छन्।