Logo
७ वैशाख २०८२, आईतबार

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध

अक्षरपाटी
२०८० असोज ६ , शनिबार ०१:०९ मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन।

उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन। अध्यक्ष पदको लागि चन्द बाहेक अन्य उम्मेदवारको मनोनयन दर्ता नहुदा उनी निर्वाचित भएका हुन।

चन्द विरूद्ध बर्दिया क्रिकेट संघका विनयराज भण्डारीले उम्मेदवारी दिने घोषणा गरेपनि उनले प्रस्तावक र समर्थक दुबै जुटाउन सकेनन।

उपाध्यक्षमा रोशन सिंह पनि निर्विरोध निर्वाचित भए। कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचन भएका छन। खड्का कर्णाली प्रदेशका अध्यक्ष हुन् ।

सुदूरपश्चिम प्रदेशकी जयन्ती भट्ट महिला सदस्य निर्विरोध निर्वाचित भइन। चार पदमा एक-एक जनाको मात्र उम्मेद्वारी परेको थियो।

अब सचिव र सदस्य पदमा मात्र निर्वाचन हुनेछ। प्रदेशतर्फको कोटा सदस्यमा कर्णाली प्रदेशबाट श्रीधर केसी र लुम्बिनी प्रदेशबाट प्रदिप मजगैयाँ सर्वसम्मत निर्वाचित भएका छन् ।
सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्वकन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन।

बाकी प्रदेशतर्फ सदस्यमा ५ र खुल्लामा ५ गरी दश सदस्यको निर्वाचन हुनेछ। क्यानको चुनावमा कुल ८५ मत छ।