बागलुङ : तमानखोला गाउँपालिकाले नेपाली कांग्रेस बागलुङको वीपी स्मृति भवन निर्माणका लागि दिने भनिएको बजेट सहमतिमा योजना छ्नोट गर्ने गरि उल्टिएको छ ।
हिजो (बुधबार) बिहान बसेको पहिलो चरणको सर्वदलीय बैठकले गाउँसभाबाट विनियोजित १४ लाख रुपैयाँ वीपी स्मृति भवन निर्माणका लागि खर्च नगर्ने सहमती भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष झगबहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वीपी स्मृति भवन निर्माणका लागि गरिएको निर्णयलाई उल्टियाउँदै सहमतिमा योजना छनोट गर्ने निर्णय भएको वडा नम्बर २ का वडा अध्यक्ष नारायण सुनारले अक्षरपाटीलाई जानकारी दिए ।
‘पालिका अध्यक्ष र उपाध्यक्ष हाल पालिका भन्दा बाहिर भएकाले दोस्रो चरणको बैठक उहाँहरु आएपछि हुन्छ । अहिले उहाँहरुकै आग्रहपछि वडाध्यक्ष झकबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले वीपी स्मृति भवन निर्माण लागि छुट्याइएको बजेट सर्वदलीय सहमति अनुसार नयाँ योजना छनोट गर्ने गरी कार्यान्वयन गर्ने लिखित सहमति भएको छ।’ वडा अध्यक्ष सुनारले भने ।
वीपी स्मृति भवन निर्माणका लागि छुट्याएको रकम सहमतको आधारमा योजना छ्नोट गर्ने गरि दुईपक्षको सहमत भएको बैठकको अध्यक्षता गरेका वडा नम्बर ३ का वडा अध्यक्ष झकबहादुर बुढाले बाताए । साथै गाउँपालिकाबाट भैरहेका सुवा निरन्तर रहनेगरी सहमती भएको पनि उनले बताए ।
यहि माघ ४ गते भएको गाउँसभाले बागलुङमा बन्दै गरेको वीपी स्मृति भवन निर्माणका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटमा असहमति बढेपछि गाउँपालिकामा २ पटक तालाबन्दी भएको थियो ।