Logo
१२ असार २०८३, शुक्रबार

साँझ ६ बजे एसईईको नतिजा सार्वजनिक हुने

अक्षरपाटी
२०८२ असार १३ , शुक्रबार ०४:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा आज साँझ ६ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

एसईई परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईका अनुसार नतिजा प्रकाशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र आज साँझ ६ बजेपछि नतिजा सार्वजनिक गरिनेछ।

यो वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी गरी जम्मा ४ लाख ९९ हजार १८३ जना सहभागी भएका थिए।

नतिजा बोर्डको वेबसाइट तथा एसएमएस सेवामार्फत सार्वजनिक गरिनेछ। विद्यार्थीहरू आफ्नो नतिजा नाम, सिम्बोल नम्बर वा अन्य विवरणमार्फत प्राप्त गर्न सक्नेछन्।

एसईई राष्ट्रिय परीक्षा बोर्ड