Logo
८ वैशाख २०८१, शनिबार

स्रोत नखुलेको ३९ लाख ५० हजारसहित पक्राउ

अक्षरपाटी
२०७९ भदौ १८ , शनिबार ०५:०९ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए।

पक्राउ भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ। भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।