Logo
२१ असोज २०७९, शुक्रबार

१७ वर्षमुनिको साफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्दै

अक्षरपाटी
२०७९ भदौ २९ , बुधबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो । त्यस्तै समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

१७ वर्षमुनिको नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतसँगको फाइनल खेल कठिन हुने तर उत्कृष्ट खेल्ने बताएका छन् ।

साफ च्याम्पियनसिप

ट्रेन्डिङ ( साप्ताहिक )