Logo
६ पुस २०८१, शनिबार

‘जियरा’लाई ५० हजारको पुरस्कार

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार १०:०९ मा प्रकाशित

सुर्खेत। आख्यानकार नयनराज पाण्डेद्वारा लिखित कथा कृति ‘जियरा’लाई ५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार, २०७७’ प्रदान गरिएको छ।

कर्णाली साहित्य समाज सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजित सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममार्फत उक्त कृतिलाई ५० हजारको पुरस्कार प्रदान गरेको हो।

आख्यानको नवीनतम् विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्यमान कुप्रथा, रुढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै कथा कृति ‘जियरा’ले आम नागरिकका दुःख, पीडा र भोगाइहरू उद्घाटन सफल भएकाले पुरस्कृत गरिएको समाजका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

त्यस्तै साहित्य समाजद्वारा कर्णालीको लोक नृत्यलाई रङ्गमञ्चका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान दिएको भन्दै वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई २५ हजार राशिको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार, २०७७’ प्रदान गरेको छ।

त्यसैगरी इतिहासकार प्रा डा राजाराम सुवेदीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान, २०७७’ बाट सम्मान गरेको छ।

मध्यकालीन डोटी राज्य, २०५६, अछामको इतिहास, २०५६ जस्ता ऐतिहासिक महत्वका बहुमूल्य कृतिको सृजनाद्वारा कर्णाली प्रदेशको अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाउन योगदान गरेको भन्दै समाजले प्रा डा सुवेदीलाई सम्मान गरेको हो।

जियरा नयनराज पाण्डे