Logo
२८ भदौ २०८३, आईतबार

रेशम विरहीको उपन्यास ‘पाश्र्वध्वनि’ लोकार्पण

अक्षरपाटी
२०८२ पुस २ , बुधबार ०२:१२ मा प्रकाशित

काठमाडाैं। आख्यानकार रेशम विरहीको नयाँ उपन्यास ‘पाश्र्वध्वनि’ मंगलबार सार्वजनिक भएको छ।

काठमाडौं नयाँसडकको कवि–कुनो ‘फुटपाथ एकेडेमी’ मा विरहीको उपन्यास संयुक्त रूपमा लोकार्पण गरिएको हो।

कार्यक्रममा साहित्यकारहरू राजव पुडासैनी, विमल निभा, श्यामल, अविनाश श्रेष्ठ, दीपक सापकोटा, शार्दूल भट्टराई, मातृका पोखरेल, सीताराम उप्रेती र लेखक स्वयंले उपन्यास लोकार्पण गरेका थिए।

रेशम विरही नेपाली भूगोल, समाज, राजनीति र साहित्यमा लामो जीवन भोगिसकेका साहित्यकार भएको आख्यानकार राजवले बताए।

समसामयिक लेखनमा रेशम विरही एक सशक्त नाम भएको कवि श्यामलले बताए।

रेशम विरहीले लेखनमा आफ्नै निजी भाषाको निर्माण गरेको निबन्धकार दीपक सापकोटाले बताए।

‘पाश्र्वध्वनि’ महानदी नारायणीको सुक्ष्म वर्णन र त्यसवरिपरि बाँचिरहेका मान्छेहरूको जिन्दगीको विरही ब्लुज हो। यो किताब समाज, राजनीति र इतिहासको त्रिवेणी–कथा हो।

‘पाश्र्वध्वनि’ विरहीको १४ औं पुस्तक हो। यसअघि उनको उपन्यास ‘प्रेमदासको डायरी’ प्रकाशित थियो।

‘पाश्र्वध्वनि’ मा सुदूर समयको चितवन, त्यहाँको सामाजिक परिवेश र असन्तुष्ट कम्युनिष्ट राजनीतिको छायालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

उपन्यास प्रेम र राजनीतिको धारमा उभिएर लेखिएको लेखक विरहीले बताए।

शिखा बुक्सले प्रकाशन गरेको ‘पाश्र्वध्वनि’ को मूल्य ७९५ रुपैयाँ रहेको छ ।