Logo
१४ वैशाख २०८१, शुक्रबार

भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिँदै

अक्षरपाटी
२०७९ भदौ २० , सोमबार १०:०९ मा प्रकाशित

पाँचदिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरिने भएको छ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन अनुसार उक्त चिन्ह प्रदान गरिन लागेको हो। पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन।

उनले आज सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिइने कार्यक्रम छ ।

सोही क्रममा उनले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उपलब्ध गराइने सहयोग घोषणा गर्नेछन्। आज साँझ पाण्डेको सम्मानमा जंगीअड्डामा रात्रिभोज आयोजना गरिनेछ । मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधार शिविरको भ्रमण गर्नेछन्। उनले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटने कार्यक्रम छ।