Logo
१३ वैशाख २०८१, बिहीबार

दसैं प्रभावित भए पनि तिहारमा मौसम सफा रहने

अक्षरपाटी
२०७९ कात्तिक ९ , बुधबार ०८:१० मा प्रकाशित

काठमाडौं। मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो।

असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो। यतिखेर तिहारको माहोल चलिरहेको छ। तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो। महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताए।

वर्षाका कारण दसैँमा आफन्त मान्यजनकहाँ टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो। पाकेको धानबालीमा पनि क्षति पु¥यायो, बाढी, पहिरो र डुबानका घटना पनि भए।

त्यतिमात्रै होइन, शरद ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकामा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो। तिहार आउन एक साताअघिदेखिनै देशैभरको मौसम सफा रहेको छ। आज तिहारको चौथो दिन गोवद्र्धन पूजा गरी मनाइँदैछ । मंगलबार गाई पूजाऽ सोमबार साँझ लक्ष्मीपूजा गरी धुमधामका साथ मनाइयो। भोलि तिहारको मुख्य दिन भाइटिका । दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर मनाउने चलन छ।

 

माैसम