Logo
१२ वैशाख २०८१, बुधबार

भारत सरकारद्वारा निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन उपहार

अक्षरपाटी
२०७९ कात्तिक १७ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका छन्।

भारत सरकारको तर्फबाट यी सवारीसाधन हस्तान्तरण गरिएका हुन्। आसन्न निर्वाचनमा आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुगोस भन्ने उदेश्यले निर्वाचन आयोगलाई सवारी साधन उपहारस्वरुप प्रदान गरिएको हो।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका दुई सयवाट सवारीसाधनकै हिस्साका रुपमा यी ८० वटा सवारीसाधन रहेको भारतीय दूतावासले जनाएको छ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको हो।
भारतले हालसम्म निर्वाचन आयोगलाई दुई सय १४ वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ।

सदियौं पुरानो र जनता जनताबीचको गहिरो सम्बन्ध रहेको नेपाल र भारत बीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी छ।

 

निर्वाचन आयोग भारतीय दूतावास