० उषा जोशी
हेर्यौ तीं रसिक नजरले यो नयन लोलायो
लाग्यो परी भनि समीपै पुगि, कसैले बोलायो
देखिनँ फर्केर हेर्दा आकृति छायो उदासी
हेरेर दोबाटोतिर मनको, मझेरी टोलायो
प्रेम त भेटिँदैन थाहा छ, खोजेर दुनियामा
प्रेमकै भोको हुन्छ यहाँ किन, मानव चोला यो ?
वर्षौँ लडिरहन्छ छालहरुसँग जस्को निम्ती
किनारालाई चोट दिन्छ सँधै, निर्दयी खोला यो
भेटिनु नियति होइन दुई किनाराहरुको
उसकै निम्ति सँधै सँधै मन कति रोला यो ?