Logo
११ वैशाख २०८१, मंगलबार

काठेखोलामा झोलुंगेपुल पर्यटक बढे, बाटो छोटियो

अक्षरपाटी
२०७९ फागुन २३ , मंगलबार ०१:०३ मा प्रकाशित

२९ कार्तिक। कुनैबेला पुल नहुँदा बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीदेखि कादेश पुग्न डेढ घन्टा पैदल हिंड्नुपर्थ्यो। दु:खबिराम हुँदा झनै सास्ती थियो। तर लेखानीदेखि कादेश जोड्ने पुल हालै बनेपछि यस क्षेत्रका बासिन्दाका दु:ख कम भएका छन्। ३६० मिटर लामो झोलुंगेपुल बनेपछि यहाँ घुम्न आउनेको संख्या पनि बढेको छ। सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ।