Logo
१४ वैशाख २०८१, शुक्रबार

विश्वकप खेल्न ३ साताको समुन्द्री यात्रा, पानीजहाजमै प्रशिक्षण

अक्षरपाटी
२०७९ मंसीर ३ , शनिबार ०१:११ मा प्रकाशित

० अक्षरपाटी विशेष

पहिलो संस्करणको विश्वकप सन् १९३० मा उरुग्वेले आयोजना गरेको थियो। त्यसबेला दक्षिण अमेरिकासम्म लामो दुरीको यात्रा तय गर्नुपर्ने भएकाले युरोपबाट ४ राष्ट्रले मात्र सहभागिता जनाएका थिए।

त्यसमध्येको एक थियो, फ्रान्स। पहिलो विश्वकपमा एशिया र अफ्रिकी महादेशबाट कुनै पनि राष्ट्रको सहभागिता थिएन्। पहिलो विश्वकपमा सहभागि टोलीले छनोट खेल्नु परेको थिएन्।

उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपमा सहभागी हुन फ्रान्सले करिब ३ साताको समुन्द्री यात्रा गरेको थियो। लामो समुन्द्री यात्रापछि उरुग्वे पुगेको फ्रान्सले विश्वकपमा पहिलो गोल गर्यो।

जहाँ विश्वकपमा गोल गर्ने पहिलो टोली फ्रान्स बन्यो। मेक्सिकोमाथि ४–१ को जित निकाल्दा गरेको पहिलो गोल विश्वकपको इतिहासमा लेखियो। उक्त गोल फ्रान्सका लुसिएन लाउरेन्टले खेलको १९ औं मिनेटमा गरेका थिए । उनैको नाम विश्वकपमा पहिलो गोल गर्ने खेलाडीका रुपमा लेखियो।

मेक्सिकोसँग फराकिलो जित निकालेको फ्रान्स त्यसपछिका बाँकी दुई खेलममा पराजित भयो। अर्जेन्टिना र चिलीसँग पराजित भएपछि फ्रान्स समूहचरणबाट बाहिरियो। अर्जेन्टिनासँग १–० ले पराजित भएको खेल रेफ्रिले ६ मिनेट बाँकी रहँदै समाप्तिको घोषणा गरेका थिए। तर, खेलपछि पुनः सुरु भएपनि फ्रान्सले गोल गर्न सकेन।

१९३४ को विश्वकप पनि अर्को निराशाजनक प्रदर्शनको रूपमा समाप्त भयो। जहाँ पहिलो खेलमै अस्ट्रियासँग पराजित हुन पुग्यो।

चार वर्षपछि फ्रान्सले घरेलु भूमिमा विश्वकप आयोजना गर्ने अवसर पायो। आयोजका रुपमा स्वतः छनोट भएको फ्रान्सले पहिलो खेलमा पुरानो प्रतिद्वन्द्वी बेल्जियमलाई ३–१ ले पराजित गर्या। क्वाटरफाइनल खेलमा फ्रान्सले डिफेन्डिङ च्याम्पियन इटालीको सामना गर्यो। तर, क्वाटरफाइनलमा ३–१ ले पराजित हुन पुग्यो।

फ्रान्सले आफ्नो फुटबल इतिहासमा सुनौलो पुस्ता १९५० को दशकमा पायो। जुन टोलीले १९५४ को विश्वकपमा डेब्यू गरेको थियो। यस विश्वकपमा मध्यम प्रदर्शन गरेको फ्रान्स प्रतियोगिताबाट बाहिरिन पुग्यो।

सन् १९५४ को विश्वकप प्रदर्शन अस्थायी मात्र रहेको प्रमाणित गर्न फ्रान्सको सुनौलो पुस्तालाई १९५८ को विश्वकप कुर्नुपर्यो । यस विश्वकपको सेमिफाइनल पुगेको फ्रान्स पेलेप्रेरित ब्राजिलसँग ५–२ को हारको सामना गर्न पुग्यो।

तेस्रो स्थानका लागि भएको खेलमा वेस्ट जर्मनीलाई हराउँदै फ्रान्सले पहिलो पटक विश्वकपमा तेस्रो बन्यो। यसै प्रतियोगितामा फ्रान्सका जस्ट फोन्टेइनेले सर्वाधिक १३ गोलको कीर्तिमान बनाए। जुन अहिलेसम्म तोडिएको छैन।

लयबाट झरेको फ्रान्स

प्रारम्भिक १९५० को दशकका सुनौलो पिंढीका प्राय खेलाडीले ६० को दशमा सन्यास लिइसकेका थिए। जसले टोलीको लय र नतिजामा ठूलो गिरावट ल्यायो।

१९६२ को विश्वकपमा छनोट हुन नसकेको फ्रान्सले १९६६ को विश्वकपमा स्थान बनायो। तर, फ्रान्स प्रतियोगितामा जित विहीन हुँदै बाहिरिन पुग्यो। यसपछि फ्रान्स कुनै ठूलो प्रतियोगितामा छनोट हुन सकेन। यस अवधिमा, फ्रान्सेली फुटबल संघले थुप्रै प्रशिक्षक नियुक्त र बर्खास्त गर्यो। तर परिणाम ल्याउन सकेन।

१९७८ को विश्वकपमा समूह चरणबाट बाहिरिएपछि फ्रान्स त्यसको चार वर्ष पछि अर्को विश्वकपमा बदलाको भावना लिएर फर्कियो। फ्रान्स सेमिफाइनल पुग्यो। तर, सेमिफाइनलमा पश्चिम जर्मनीसँग पराजित भयो।

विश्वकप इतिहासको सबैभन्दा राम्रो खेलहरूमा फ्रान्सले पश्चिम जर्मनीसँग यसपटक खेलेको थियो। यद्यपि पेनाल्टीमा हार्न पुग्यो।

फ्रान्सले १९८६ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्यो। ब्राजिल र इटालीलाई नकआउट चरणमा पराजित गर्दै सेमीफाइनल पुग्यो। फेरि सेमिफाइनलमा फ्रान्स पश्चिम जर्मनीसँग २–० ले पराजित भयो।

१९९४ को विश्वकप पनि फ्रान्सका लागि खासै उपलब्धिमूलक रहेन्। एक समय लगातार ६ खेलसम्म अपराजित रहेको फ्रान्स इजरायलसँग ३–२ ले हार्यो।

पहिलो विश्वकप उपाधि

सन् १९९८ को विश्वकप आयोजक फ्रान्स उपाधि जित्ने सबैभन्दा बढी सम्भावना बोकेको टोली मध्येको एक थियो। डेनमार्क, साउदी अरेबिया र दक्षिण अफ्रिकालाई पराजित गर्दै शीर्ष १६ मा पुगेको फ्रान्सले पराग्वेलाई पराजित गर्यो।

त्यसपछि फ्रान्सले इटाली र क्रोएसियालाई पराजित गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गर्यो। जिदानको दुई गोल र पेटिटको एक गोलको मद्दतमा फ्रान्सले आफ्नो पहिलो विश्वकपको उपाधि जित्यो।

२००२ को विश्वकपमा फेरि फ्रान्स आफ्नो पुरानो लयमा फर्कियो। फ्रान्सले समूहका खेलमा कुनै पनि गोल गर्न सकेन्। १९६६ मा ब्राजिल पछि फ्रान्स समूह चरणबाटै बाहिरिने दोस्रो विश्व विजेता टोली बन्यो।

२००६ को विश्वकप जित्ने फ्रान्ससँग एक मौका थियो। अगाडि बढ्न समूह चरणमा संघर्ष गरेको फ्रान्सले नकाउट चरणमा स्पेन, ब्राजिल र पोर्चुगललाई पराजित गर्दै फाइनल पुगेको थियो।

फाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी इटाली थियो। तर, यस पटक फ्रान्सले एउटा घातक झट्काको सामना गर्यो। जिदानले मेटेराजीमाथि गम्भिर ट्याकल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाए। अतिरिक्त समयसम्म १–१ को बराबरीमा सकिएको खेलमा फ्रान्स इटालीसँग पेनाल्टीमा ५–३ ले पराजित भयो।

२०१० को विश्व कपमा समूह चरणबाट बाहिरियो। २०१४ को विश्वकपमा फ्रान्स आफ्नो समूहबाट अगाडि बढ्यो। तर, शीर्ष १६ मा नाइजेरियालाई पराजित गरेको फ्रान्स क्वाटरफाइनलमा च्याम्पियन जर्मनीसँग १–० ले पराजित हुन पुग्यो।

विश्वकपको दोस्रो उपाधि

२०१८ को विश्वकपको समूह चरणमा डेनमार्कसँग गोलरहित बराबरी खेल्दै सुरुवात गरेको फ्रान्सले त्यसपछि अष्ट्रेलिया र पेरुलाई पराजित गर्दै शीर्ष १६ मा पुग्यो।

प्रतियोगिताको एक उत्कृष्ट खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्यो। त्यसपछि उरुग्वे र बेल्जियमलाई पराजित गर्दै फाइनल पुग्यो। फाइनलमा पनि अर्को प्रभावशाली प्रदर्शन गर्यो।

फाइनलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै उपाधि हात पार्यो। यस जितसँगै फ्रान्स दोस्रो विश्वकपको उपाधि जित्ने छैटौं टोली बन्यो। यसपटक समूह ‘डी’मा रहेको फ्रान्सले कस्तो प्रदर्शन गर्ला ? समर्थकहरुका लागि उत्सुकताको विषय बनेको छ।

फ्रान्स विश्वकप