Logo
१८ असार २०८२, बुधबार

पशुपतिनाथमा शिव पूजाः नृत्य आराधना

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ११:११ मा प्रकाशित

काठमाडौं ३० कार्तिक। भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरमा ‘शिव पूजा’ कार्यक्रमको आयोजना गरेका छ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यो कार्यक्रमको आयोजना गरिएको हो। स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो।

कलाकारहरुले भरतनाट्यम विधाको पुष्पाञ्ली नृत्य प्रस्तुत गरेका थिए। यस नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गर्ने गरिन्छ।

करिब एक घण्टा लामो कार्यक्रममा कलाकारहरुले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए।

कार्यक्रममा शिव नृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरियो र सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरिएको थियो।

पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलले सो कार्यक्रमको उद्घाटन गरेका थिए।