काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार शीर्ष १६ का अन्तिम दुई खेल हुँदै छन् ।
पहिलो खृलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति पौने नौ बजजे सुरु हुनेछ ।
दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह एफको विजेता र स्पेन समूह ईको उपविजेता बन्दै नकआउट चरणमा भेट गरेको हुन् ।
अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि(क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यो खेल नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ ।
लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ ।
पोर्चुगल समूह एचको विजेता र स्विट्जरल्यान्ड समूह जीको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यि दुई खेलका विजेता टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।