Logo
३१ भदौ २०८३, बुधबार

अर्जुननरसिंहलाई मेरो चाहना विपरित समानुपातिक सूचीमा राखिएको हो : गगन थापा

अक्षरपाटी
२०८२ पुस १५ , मंगलबार ०६:१२ मा प्रकाशित

म स्पष्ट पार्न चाहन्छुः यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई आफ्नो चाहना विपरित समानुपातिक सूचीमा राखिएको बताएका छन्।

आफ्नो प्रयासमा केसीलार्य समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले सूचीमा राख्ने काम आफ्नो अनुरोध विपरित भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म स्पष्ट पार्न चाहन्छुः यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।’

उनले विगतमा आफूहरुको राजनीतिक दृष्टिकोण र प्राथमिकता नमिलेर एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र संकल्पसहित चुनाव लडेको पनि स्मरण गरेका छन्।

‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो,’ उनले लेखेका छन्।

अर्जुननरसिंह केसी गगन थापा