Logo
११ पुस २०८१, बिहीबार

छानिए राष्ट्रिय स्वतन्त्र पार्टीका १३ समानुपातिक सांसद

अक्षरपाटी
२०७९ मंसीर २४ , शनिबार ०५:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातितर्फका १३ जना सांसद टुंगो लगाएको छ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार दलित कोटाबाट सन्तोष परियार र शिव नेपाली चयन भएका छन्।

त्यस्तै आदिवासी जनजातिबाट डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ छन्।

खस आर्यबाट डा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन्।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा छनोट भएका छन्।

थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले जानकारी दिए।

रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुने सांसदहरुको नाम टुंग्याएको थियो । तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएपछि आज बसेको केन्द्रीय समिति बैठकले प्राइमरीमा धेरै मत पाउनेहरुलाई नै चयन गरेको हो।
०००