Logo
१९ साउन २०८३, मंगलबार

मधेस प्रदेशमा सभामुखका लागि आज निर्वाचन

अक्षरपाटी
२०८२ पुस ६ , आईतबार ११:१२ मा प्रकाशित

काठमाडौं । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।

मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ। सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन्।

यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।

त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छन्।