Logo
२६ वैशाख २०८२, शुक्रबार

पर्खालले थिचिँदा एक जनाको मृत्यु

अक्षरपाटी
२०७९ पुस १ , शुक्रबार ११:१२ मा प्रकाशित

स्याङजा। स्याङ्जाको वालिङमा आज पर्खालले थिचिँदा एक जनाको मृत्यु भएको छ।

वालिङ नगरपालिका ८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो।